बैंकका कर्मचारी, कैदीबन्दीसहित २६ जना मंगलवार डिस्चार्ज

बाँके, ८ भाद्र ।
बाँकेका थप २६ जनाले कोरोना जितेका छन् । कोरोना पुष्टि भएपछि बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा बसेका मध्ये कोरोना जितेर २६ जना मंगलवार विहान घर फर्किएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
कोरोनामुक्त हुनेमा कोहलपुरका तीन जना छन् । भने, राप्तीसोनारी र जानकी गाउँपालिकाका एक–एक जना छन् । श्रेष्ठका अनुसार, तीन जना कारागारका कैदी बन्दी छन् भने बाँकी नेपालगन्जका रहेको छन् । नेपालगन्जस्थित ग्लोबल आइएमई बैंकका कर्मचारी पनि मंगलवार डिस्चार्ज हुन लागेको उनले जानकारी दिए ।

Previous articleशब फेला
Next article२० ग्राम ब्राउन सुगर सहित दुईजना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here