बाँके, ६ भाद्र ।
बाँकेमा शनिबार १४ जना कोरोना संक्रमित फेला परेका छन् । भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा ११ र बागेश्वरी डाइग्नोष्टिक सेन्टरको पिसिआर ल्याबमा परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालको ल्याबमा परीक्षण गर्दा फेला परेका ११ जना मध्ये तीन जना नेपालगन्जका छन् । भने, दुई जना जानकी गाउँपालिकाका र पाँच जना कोहलपुर नगरपालिकाका भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
बागेश्वरी डाइग्नोष्टिक सेन्टरको पिसिआर ल्याबमा गरिएको परीक्षणमा फेला परेका सवै संक्रमित नेपालगन्जका भएको उनले बताए । कोहलपुरका एक ४ बर्षिय बालकमा पनि कोरोना देखिएको छ । शुक्रवार फेला परेका संक्रमित मध्ये पाँच जना महिला छन् ।
भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५० नमुना परीक्षण गरिएकोमा एकजना बर्दियाका संक्रमित थपिएका छन् ।