पाँच ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ

बाँके, ५ भाद्र ।
बाँके प्रहरीले ब्राउनसुगरसहित शुक्रवार नेपालगन्ज उपमहानगरपालिका–११, सुनार मण्डीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । ब्राउनसुगरको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले सोही ठाउँका ४६ बर्षिय साविर अली सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका–१५ भट्टी टोलका ३० बर्षिय सोनु खान र सोही ठाउँका ३० बर्षिय इन्तियाज शेषलाई ५ ग्राम ३०० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए ।
उनीहरुको साथबाट प्लाष्टिकको एक र कागजको ५४ वटा पुडिया बनाई राखेको ब्राउनसुगर बरामद भएको उनले बताए ।
यसैगरि, बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–२, धम्बोझी चोकबाट २५ थान मोवाइल सेट फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले भन्सार छली ल्याइएका विभिन्न कम्पनीका पाँच लाख पाँच हजार मूल्य बराबरको २५ थान मोवाइल सेट फेला पारेको उनले जानकारी दिए ।
बेवारिसे अवस्थामा फेला पारिएको मोवाइल सेट आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको प्रहरी प्रवक्ता खड्काले बताए ।

Previous articleबैँक तथा वित्तिय संस्थामा कोरोनाको जोखिम बढ्दै
Next articleथप चारसहित एकै दिन २० जनामा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here