पश्चिम पृतनाका थप १७ सहित ३० प्रशिक्षार्थीमा कोरोना

बाँके, ४ भाद्र ।

नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिलानगरमा तालिम लिइरहेका मध्ये केहिमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको पश्चिम पृतनामा तालिम गरिरहेका १७ जनामा विहीबार कोरोना पुष्टि भएका हो ।
बाँकेमा विहीवार थप ७ जनामा पनि कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनले नेपाली सेनाका १७, जानकी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका ५, कन्ट्रयाक्ट ट्रेसिङमा परेका एक र एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको बताए ।
नेपाली सेनाको शिक्षालयमा तालिम लिइरहेका संक्रमित मध्ये १२ जना बाँकेका हुन् । भने, ओखलढुंगा, जुम्ला, स्याङ्जा, पाल्पा र गुल्मीका एक–एक जना रहेका छन् । ५ नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा कार्यरत सेनाका जवान उक्त शिक्षालयमा तालिम लिने गरेका छन् । उक्त शिक्षालयमा तालिम गरिरहेका १३ जनामा यसअघि नै कोरोना संक्रमण भइसकेको छ ।
बाँकेमा योसँगैै संक्रमित हुनेको संख्या ७८७ पुगेको छ । ति मध्ये ४ जनाको मृत्यु भइसकेको छ । संक्रमित मध्ये ४९६ जना निको भएर घर फर्किसकेका छन् ।

Previous articleबाँकेमा छैन तीजको रौनक, सुनसान सहर, सुनसान गाउँघर
Next articleपत्रकार, ब्यापारी, नेतासहित एकैदिन ५१ जना कोरोनामुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here