प्रदेश सांसदसहित एकै दिन २८ जना कोरोनामुक्त

बाँके, ४ भाद्र ।
बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका २८ जना कोरोनामुक्त भएका छन् । खुला कारागार गनापुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, आइसोलेसन केन्द्र आदर्शनगर, होटल सिटी प्यालेस, लायन्स डेन्टल अस्पताल आइसोलेसनमा बसेर उपचार गराएका संक्रमित कोरोनामुक्त भएर विहीवार घर जान लागेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
प्रदेश ५ का सांसद कृष्णा केसी (नमुना) पनि कोरोनामुक्त भएकी छन् । कोरोना पुष्टि भएपछि उनी २२ साउनमा भेरी अस्पतालको आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकी थिइन् । उनीमा कोरोनाको लक्षण देखिएको थियो । उनले कोरोनाको विरामीलाई उपचार गर्न आवश्यक पर्ने प्लाज्मा दिने घोषणा गरिसकेकी छन् ।
कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार, कोरोनामुक्त हुनेमा १२ जना महिला छन् । कोरोनामुक्त हुनेमा केहि बाँके जिल्ला कारागारका कैदीबन्दी भएको श्रेष्ठले बताए । बाँकेका २६३ जना विभिन्न आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । बाँकेका ७६३ जनामा कोरोना पुष्टि भएकोमा ४९६ जनाले कोरोना जितेका छन् । अन्य जिल्लाका तीन जना पनि यहीँको आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । बाँकेमा दुई महिला सहित चार जनाको मृत्यु भइसकेको छ ।

Previous articleशाहीले सम्हाले जनस्वास्थ्य दाङको जिम्मेवारी
Next articleथरुहट थारुवान राष्ट्रिय मोर्चाको विरोधका कार्यक्रम स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here