बाँके, ३ भाद्र ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेबाट सरुवा भएका बरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले बुधवारदेखि जिल्ला स्वास्थ्य कार्यालय दाङको जिम्मेवारी सम्हालेका छन् । बाँकेबाट दाङ गएपछि जिल्ल स्वास्थ्य कार्यालयका कर्मचारीले उनको स्वागत गरेका छन् ।
कार्यभार सम्हाले पछि आयोजित स्वागत कार्यक्रममा उनले कोरोना संक्रमण बिरुद्धको अभियानलाई अझ सशक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाए । अहिलेको विषम परिस्थितिमा दाङलाई सुरक्षित राख्ने नै मेरो मुख्य लक्ष्य छ । यो अभियानमा सवैको साथ र सहयोग आवश्यक छ ।’
हालसम्म कोरोना बिरुद्धको अभियानमा स्वास्थ्यकर्मीले प्रभावकारी काम गरेको स्मरण गर्दै शाहीले आगामी दिनमा अझ सशक्त भएर काम गर्न आग्रह गरे । बरिष्ठ जनस्वास्थ्य अधिकृत शाही जनस्वास्थ्य क्षेत्रमा सशक्त र खरो भएर काम गर्ने स्वास्थ्य अधिकृतका रुपमा परिचित छन् । उनले यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाको कार्यालय प्रमुख भई जिम्मेवारी सम्हाली सकेका छन् ।