बाँके, ३ भाद्र ।
प्रदेश ५ सरकारले ७ भाद्रका दिन थारु समुदायलाई सार्वजनिक बिदा दिने भएको छ । उक्त दिन थारु समुदायको पवित्र पर्व ‘बर्का अट्वारी’ पर्ने भएकोले प्रदेश ५ सरकारले थारु समुदायलाई मात्र बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३ भाद्रमा सार्वनिक सूचना जारी गरि ७ भाद्रका दिन थारु समुदायले मनाउने अट्वारी पर्व पर्ने भएकोले दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको स्पष्ट पारेको छ । ‘प्रदेश सरकार (मन्त्रीपरिषद) को १० बैशाख, २०७७ को निर्णय अनुसार ७ भाद्र, २०७७ का दिन थारु समुदायलाई अट्वारीको सार्वजनिक बिदा रहेको छ,’ मन्त्रालयका उप–सचिव माधवराज मरासिनीद्वारा जारी सूचनामा उल्लेख छ ।
