स्वास्थ्य प्राविधिक शिक्षा पनि अब भेरी प्राविधिक शिक्षालयमा

बाँके, २ भाद्र ।
नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयले अव प्राविधिक धारतर्फ स्वास्थ्य बिषय अध्यापन गराउन पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले शिक्षालयलाई प्राविधिक धारतर्फ स्वास्थ्य विषयका तीन वटा विषय पढाउने अनुमति दिएको छ ।
आयोगको निर्णय अनुसार, शिक्षालयले डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन रेडियोग्राफी र डिप्लोमा इन मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम थप गर्न अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले ३२ साउन गरेको निर्णय अनुसार भेरी प्राविधिक शिक्षालय लगायत देशका बिभिन्न प्राविधिक कलेजमा थप कार्यक्रम संचालनका लागि राय माग गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) ले भेरी प्राविधिक शिक्षालय लगायत बिभिन्न प्राविधिक कलेजमा थप विषय पढाउनका लागि आयोगसंग राय मागेको छ । आयोगको बैठकले थप विषय पढाउन कुनै वाधा नपुग्ने राय दिएको छ ।
आयोगले थप कार्यक्रम संचालन गर्दा कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, प्रशिक्षक र पहिले संचालनमा रहेका यस्तै प्रकृतिका कार्यक्रमको प्रभावकारीता समेत अध्ययन गरि प्रतिवेदन बुझाएको छ । आयोगले नयाँ कार्यक्रमको सिट निर्धारणका लागि पठाउन भेरी प्राविधिक शिक्षालयलाई निर्देशन समेत दिएको छ ।

Previous articleकोरोनाले मृत्यु भएका पुरुषको पहिलो पटक धार्मिक परम्परा अनुसार अन्त्यष्टि (चार फोटो)
Next articleबाँकेमा ११ जना थपिए, १३ जना फर्किए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here