बाँके जिल्ला कारागारका १३ कैदीले जिते कोरोना

बाँके, २ भाद्र ।
बाँकेका थप १३ जना कोरोना संक्रमितले कोरोना जितेको छन् । कोरोना मुक्त हुनेमा बाँके जिल्ला कारागारका कैदी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
कोरोना जितेका कैदीलाई आज नै कारागारमा ल्याइने भएको छ । खजुरास्थित कृषि बिकास तालिम केन्द्र आइसोलेशनमा रहेका दुई महिलासहित १३ जना डिस्चार्ज हुन लागेको उनले बताए ।
योसंगै बाँकेमा कोरोना जित्नेको संख्या चार सय ६८ पुगेको छ । अव बाँकेका विभिन्न आइसोलेशनमा बसेर दुई सय ६३ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेको श्रेष्ठको भनाई छ ।

Previous articleकोरोनाका कारण बाँकेमा थप एक पुरुषको मृत्यु
Next articleकोरोनाले मृत्यु भएका पुरुषको पहिलो पटक धार्मिक परम्परा अनुसार अन्त्यष्टि (चार फोटो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here