कोरोनाका कारण बाँकेमा थप एक पुरुषको मृत्यु

बाँके, २ भाद्र ।
कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ बर्षिय पुरुषको सोमवार राति ११ः४० बजे मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार उनको दुवै साइडको फोक्सोमा निमोनिया भएको थियो ।
उनलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरेका थिए । कोरोनाको लक्षण देखिएपछि अस्पतालले पिसिआर जाँचका लागि स्वाब लिएको थियो ।
स्वाब लिएको दिनदेखि नै उनको स्वास्थ्यमा खरावी आएको बताउँदै उनले सोमवार दिउँसो ३ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । यसअघि नरैनापुर गाउँपालिका–५, मटेहियाका २५ बर्षिय युवा, बैजनाथ गाउँपालिकाकी ६०–६५ बर्षिया महिला र कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Previous articleएसइईको परीक्षाफल प्रकाशित
Next articleबाँके जिल्ला कारागारका १३ कैदीले जिते कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here