बाँके, १ भाद्र ।
कोरोनालाई जितेर नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालसहित सोमवार ११ जना घर फर्किदै छन् । उनीहरुलाई १९ साउनमा कोरोना पुष्टि भएको थियो ।
आज सोमवार उपमहानगरपालिकाका चार जना अधिकृत पनि कोरोनालाई जितेर घर फर्किन लागेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनीहरु सबै सोमबार ११ बजे घर फर्किन लागेको उनले बताए ।
लक्षणसहितको कोरोना देखिएपछि वडा अध्यक्ष रिजालसहित ११ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको थियो । अध्यक्ष रिजालले पनि आफ्नो फेसबुक वालमा कोरोनालाई जितेर सोमवार ११ बजे घर फर्किन लागेको जानकारी दिएका छन् ।
बाँकेमा कोरोनालाई जितेर अहिलेसम्म चार सय ५५ जना घर फर्किएका छन् । सोमवारसम्म दुई सय ७२ जना विभिन्न आइसोलेशनमा रहेकाके कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।