तीन महिनादेखि नेपालगन्ज नाकाबाट हरियो तरकारी आउँदैन, तै पनि रोक लगाउने प्रशासनको निर्णय

बाँके, १ भाद्र ।
भारतबाट आयत हुने माछा, दुध र हरियो तरकारीमा रोक लगाउने बाँके प्रशासनले निर्णय गरेको छ । राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, कोभिड–१९ संकट ब्यवस्थापन समितिको बैठकले भारतबाट आउने माछा, दुध र हरियो तरकारी र फलफूल आयातमा रोक लगाउने निर्णय गरेको छ ।
तर, भारतबाट माछा र दुध एक बर्ष अघिदेखि नै आयात बन्द छ । भने, हरियो तरकारी र फलफूल तीन महिनादेखि आयात भएको छैन । उच्च अदालत तुल्सीपुर इजलाश नेपालगन्जले तरकारी र फलफूलमा कोरोना नभएको प्रमाणित गरेर मात्र आयात गर्न दिनु भन्ने आदेशात्मक पत्र पठाएपछि आयात नभएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । ‘कोरोना नभएको रिपोर्ट कुनै ब्यापारीले प्रमाणित कागज ल्याउन सकेनन् । कागज नल्याएपछि अदालतको आदेश बमोजिम आयात गर्न दिएनौँँ,’ निरौलाले भने ।
कोरोनाको जोखिम बढेपछि रोक लगायौँः प्रजिअ कुरुम्बाङ
हरियो तरकारी र फलफूल बोकेर आउनेहरुका कारण कोरोनाको जोखिम बढेको गुनासो बढेपछि आयातमा रोक लगाउने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनले भारतबाट ल्याइने माछा, दुध र हरियो तरकारीका कारण कोरोना बढ्ने सम्भावना रहेकाले रोक लगाइएको उनको भनाई छ ।
पूर्वी जिल्लाका नाकाबाट भित्रिएर बाँकेमा ल्याउने गरिएको तरकारी पनि बाँके प्रवेश गर्न नदिने प्रजिअ कुरुम्बाङले बताए । उनले पूर्वी जिल्लाका नाकाबाट आयात भई बाँके ल्याउँदै गरिएको तरकारी फिर्ता पठाएको बताए । ‘भारतबाट आयात भई बाँके ल्याउँदै गरिएको हरियो तरकारीको गाडी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कुसुम क्षेत्रबाट फिर्ता पठाएको छ,’ उनले भने ।

Previous articleवडा अध्यक्ष रिजालसहित ११ जना घर फर्किदै
Next articleस्वास्थ्य सुरक्षा अपनाउन कोरोना जितेकी डा. रोमा बोराको सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here