बाँके, १ भाद्र ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल सोमबार बेलुकी प्रकाशित गरेको छ । सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो ।
कुल चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए ।
चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको उनले बताए । ‘केही अयोग्य भए,’ उनले भने ।

