बाँके, ३२ साउन ।
कोरोनाको संक्रमण दर घटाउन जानकी गाउँपालिका पनि पाँच दिनका लागि लकडाउन हुने भएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि आइतबार मध्यरातबाट लागू हुने गरि शनिवार मध्यरातसम्मका लागि सम्पूर्ण सेवाहरु बन्द गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
३२ साउन, आइतबार मध्यरातबाट ५ भाद्रको मध्यरातसम्मका लागि गाउँपालिकामा पर्ने सम्पूर्ण उद्योग, कलकारखाना, पसल, सरकारी तथा गैरसरकारी कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अत्यावश्यकीय सेवा बाहेक गाउँपालिका कार्यालय, गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, शैक्षिक संस्था, हाटबजार लगायतका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।