कोरोनाको बेवास्ता गरि ठेलमठेल गरि बैंकको लाइनमा सेवाग्राही

बाँके, ३२ साउन ।
लकडाउन खुलेसँगै नेपालगन्जका बैंक, पसल र होटलमा सेवाग्राहीको ठूलो भीड लागेको छ । यसले कोरोनाको जोखिम बढाएको छ । बाँके प्रशासनले धेरै भीडभाड नगर्न–नगराउन सुझाव दिए पनि त्यसको बर्खिलाप गरि सेवाग्राहीले बैंक, पसल र होटलमा भीडभाड गरेर कोरोनाको संक्रमण बढाउन थप मद्दत गरेका छन् ।
नेपालगन्जको धम्बोझीस्थित राष्ट्रिय बाणिज्य बैंकमा आइतवार सेवाग्राहीको ठूलो भीड लागेको छ । रकम झिक्न र राख्न बैंक पुगेका सेवाग्राहीहरु ठेलमठेल गरि लाइनमा लागेको देखिन्थ्यो । एक अर्कोमा टाँसिएका सेवाग्राही मध्ये केहिले माक्स समेत प्रयोग नगरेको पत्यक्षदर्शीले बताए । नेपालगन्जमा रहेका अन्य बैंकमा पनि सेवाग्राहीले सामाजिक दूरीको बेवास्ता गरि लाइनमा बसेको बताइएको छ ।

Previous articleजब सडकमा छटपटिरहेको घोडालाई पत्रकारले देखे…..
Next articleसशस्त्र प्रहरी बल, औद्योगिक सुरक्षा गुल्मका १५ जनामा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here