६ दिनका लागि कोहलपुर ‘लकडाउन’

बाँके, ३१ साउन ।
कोरोनाको जोखिम बढ्दै गएपछि कोहलपुर नगरपालिकाले ६ दिनका लागि कोहलपुर क्षेत्रमा लकडाउन गर्ने भएको छ । नगरपालिकाले ३२ साउनदेखि ५ भदाँै राति १२ बजेसम्मका लागि कोहलपुर क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको सर्वपक्षिय वैठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताए ।
कोरोना संक्रमित दिन दिनै फेला पर्न थालेपछि न्यूनिकरणका लागि लकडाउन गरिएको मेयर लुटबहादुर रावतले बताए । उनले लकडाउनको समयमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् । लकडाउनको बेवास्ता गरि कानुन बमोजिम कारवाही गरिने उनको भनाई छ ।

Previous articleसार्वजनिक हुन थाले बाँकेका कोरोना संक्रमित
Next articleराप्तीसोनारी गाउँपालिकासँग सूचना माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here