सुर्खेत, ३१ साउन ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सुर्खेतमा १ भदौँबाट लागू हुनेगरि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोरोना संकट ब्यबस्थापन समितिको बैठकको निर्णय पछि सुर्खेत प्रशासनले १ भदाँैबाट लागू हुनेगरि जिल्लामा निषेधाज्ञा लागू गरेको हो ।
१ भदौँ विहान ६ बजेदेखि ५ भदौँ, २०७७ को रातको १२ बजेसम्मका लागि सुर्खेतमा निषेधाज्ञा जारी गरिएको सुर्खेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि न्यूनिकरण गर्न निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधिमा स्वास्थ, सुरक्षा, बिद्युत, सञ्चार, दुध, खानेपानी, फोहोरमैला ब्यबस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल र तरकारी पसल सञ्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ । तर बैंक तथा बित्तिय संस्था, सहकारी, सबै सरकारी नीजि तथा गैरसरकारी बन्द हुने भएका छन् । बाहिरी जिल्लाबाट जानेले पिसिआर रिपोर्ट देखाए मात्र प्रवेश गर्न दिइने नीति प्रशासनले अघि सारेको छ ।