बाँके, ३१ साउन ।
बाँकेमा शनिवारदेखि जोर–बिजोर प्रणाली लागू भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले गाडीमा जोर–विजोर प्रणाली लागू गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
उनले शनिवार आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने बताए । उनले कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न सामाजिक दूरी कायम राख्न जोर–बिजोर प्रणाली लागू गरिएको बताए ।
आज शनिवार अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारी साधन मात्र संचालनमा आउने प्रजिअ कुरुम्बाङले बताए । प्रशासनले लागू गरेको जोर–विजोर प्रणालीको उलंघन गरेको पाइए कडा कारवाही गरिने उनको भनाई छ ।