राप्तीसोनारी गाउँपालिकासँग सूचना माग

बाँके, ३१ साउन ।
राप्तीसोनारी गाउँपालिकासँग सूचना माग गरिएको छ । गाउँपालिकाले कार्यक्रम संचालन तथा उत्पदानका लागि नेपाल टेलिभिजन, क्षेत्रीय प्रसारण केन्द्र कोहलपुसँग एक करोड रुपैँयाको सम्झौता गरेको खवर सामाजिक संजालमार्फत सार्वजनिक भएपछि पत्रकार तथा सूचना अभियन्ता कमल न्यौपानेले राप्तीसोनारी गाउँपालिकासँग सूचना माग गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले सामाजिक संजालमार्फत सरकारी संचार माध्यम नेपाल टेलिभिजनसँग विविध गतिविधि उत्पादन तथा प्रसारणका लागि दुई पक्षवीच सम्झौता भएको सार्वजनिक गरेपछि बस चुलिएको छ ।
उनले उल्लेख गरेको सो स्टाटसमा पत्रकार खगेन्द्र दाहालले कति रकम ? भनेर गरेको प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले एक करोड रुपैँया भनेका थिए । नागरिकको चासो बढेसँगै पत्रकार न्यौपानेले यो बर्ष गाउँपालिकाको जम्मा बजेट कति ? संचार लगायत कुन–कुन शिर्षकमा रकम कति बजेट विनियोजन भएको छ ? नेपाल टेलिभिजनसँगको सम्झौता एकलौटी किन ?, बजे कति हो ?, कुन–कुन शिर्षकमा कति कति बजेट छ ? स्थानीय मिडियाका लागि यो बर्ष कुन–कुन शिर्षकमा कति बजेट छ ? लगायतका प्रश्न सहित सूचना माग गरेको जनाएका छन् ।
उनले गाउँपालिकाका प्रेस सल्लाहकार अर्जुन ओलीमार्फत पालिकाका सूचना अधिकारी समक्ष सूचना माग गरेको जनाएका छन् ।

Previous article६ दिनका लागि कोहलपुर ‘लकडाउन’
Next articleजब सडकमा छटपटिरहेको घोडालाई पत्रकारले देखे…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here