स्वास्थ्यकर्मीसहित बाँकेका २२ जनामा कोरोना पुष्टि

बाँके, २९ साउन ।
स्वास्थ्यकर्मीसहित बाँकेका २२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा नेपालगन्जका १५ र कोहलपुरका सात जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालका अनुसार, विहीवार बर्दियाका दुई जनामा पनि कोरोना फेला परेको छ । नेपालगन्जमा कोरोना पुष्टि भएकामा अधिकांश महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा लिइएको स्वाबको नजिता भएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा १३ महिला र सात जना पुरुष छन् ।
नेपालगन्जका एकजना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ । विहीवार कोरोना देखिएकाहरु प्रायः पोजिटिभको सम्पर्कमा आएकाहरुको क्लोज कन्ट्याक्ट ट्रेसिङको आधारमा गरिएको स्वाब परीक्षणको नतिजा भएको रहेको अस्पतालले जनाएको छ ।

Previous articleआइतबारदेखि उपमहानगरपालिका खुल्ने
Next articleप्रदेश ५ का १४५ जना कोरोना संक्रमित होम आइसोलेसनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here