बाँकेका ३८ जनामा सामान्य र मध्यम खालको कोरोना लक्षण

बाँके, २९ साउन ।
बाँकेमा फेला परेका संक्रमित मध्ये अहिलेसम्म ३८ जनामा सामान्य र मध्यम खालको लक्षण देखिएको छ । पहिलो चरणमा फेला परेका संक्रमितमा लक्षण नदेखिए पनि पछिल्लो समय फेला परेका संक्रमितमा सामान्य र मध्यम खालका लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
उनका अनुसार, ११ जनामा मध्यम खालको लक्षण र २७ जनामा सामान्य खालको लक्षण देखिएको बताए । सामान्य लक्षण देखिएका १० जना निको भएर घर गइसकेको उनले बताए । ‘कडा खालको लक्षण भएका संक्रमित बाँकेमा अहिलेसम्म फेला परेका छैनन्,’ उनले भने ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा रहेका १७ जनामा सामान्य र १० जनामा मध्यम खालको लक्षण देखिएको श्रेष्ठको भनाई छ । उनले मध्यम खालको लक्षण देखिएको एक जना संक्रमितको भेरी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको बताए ।
बाँकेमा संचालित अन्य आइसोलेशनमा लक्षण नदेखिएका संक्रमितलाई राखिएको छ । सुशील कोइराल प्रखर अस्पताल आइसोलेशनमा १५ जना पुरुष र १२ जना महिलाको उपचार भइरहेको छ । उक्त आइसोलेशनमा १६ बर्षमुनीका तीन र ६० बर्षमुनीका दुई जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन् ।

Previous articleविहीवार एकैदिन ३० जना कोरोना संक्रमित घर फर्किदै
Next articleराजस्व कार्यालयको सेवा ३२ साउनबाट सुचारु हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here