आइतबारदेखि उपमहानगरपालिका खुल्ने

बाँके, २९ साउन ।
नेपालगञ्ज उप–महानगरपालिकाको सेवा आइतबारदेखि सुचारु हुने भएको छ । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगञ्ज उप–महानगरपालिकाको काम आइतवारदेखि सुचारु हुने नगर प्रमुख डा. धवल शमशेर राणाले बताए ।
उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरि उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा आइतबारदेखि सुचारु हुने जानकारी दिए । उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आइतबारदेखि सुचारु हुने उनले स्पष्ट पारे ।
कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै उपमहानगरको मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुन, पानीले हात धुने, सेनिटाइजर सहित ज्वरो नाप्ने ब्यवस्था मिलाइएको उनले बताए । उप–महानगरपालिकाले सेवा लिन आउन सर्वसाधारणलाई मास्क अनिवार्य गरेको छ । भने, समय समयमा सावुन, पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, भीडभाड नगर्न र सामाजिक दूरी पालना गर्न आग्रह गरेको छ ।

Previous articleराजस्व कार्यालयको सेवा ३२ साउनबाट सुचारु हुने
Next articleस्वास्थ्यकर्मीसहित बाँकेका २२ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here