शिक्षण अस्पताल कोहलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँके, २६ साउन ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । अछाम जिल्लाको चौरपाटी–५ का ५० बर्षिय लोकेन्द्र रावलको मृत्यू पछि कोरोना पुष्टि भएको हो ।
उनलाई २० साउनमा शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकोमा २५ साउनमा मृत्यू भएको अस्पतालका उप–निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए । मृत्यु हुनुअघि २५ साउनमा उनको स्वाब संकलन गरिए पनि सोमवार बेलुकी मात्र रिपोर्ट आएको डा.श्रेष्ठले बताए । कोरोना पुष्टि भएका रावल हेपाटाइटिस वी रोगले ग्रस्त भएको उनको भनाई छ ।
कोरोनाका कारण यसअघि शिक्षण अस्पताल कोहलपुरमा बैजनाथ गाविस, बाँकेकी एक महिला, कोहलपुर नगरपालिका–२, की ७० बर्षिया महिला र कैलालीका एक पुरुषको मृत्यू भइसकेको छ ।

Previous articleअटोमेटिक मेसिन जडानपछि स्वाब परीक्षण छिटोछरितो हुने
Next articleशिक्षण अस्पतालका एक डाक्टरसहित बाँकेका २६ जनाको कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here