दुई चिकित्सक, चार प्रहरीसहित बाँकेका १५ जनामा कोरोना

बाँके, २६ साउन ।
दुई चिकित्सकसहित बाँकेमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । दुवै चिकित्सक महिला हुन् ।
यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाई पनि कोरोना पुष्टि भएको थियो । नेपालगन्ज मेडिकल कलेजमा लिइएको स्वाब भेरी अस्पतालको पीसीआर ल्याबमा परीक्षण गर्दा दाङका एक र कैलालीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।
त्यसैगरि बाँकेका थप १५ जनामा पनि भाइरस संक्रमण पुष्टि छ । वडा कार्यालयका थप चार जना प्रहरीमा पनि कोरोना देखिएको छ । नेपालगञ्जका विभिन्न वडा र बाँकेको डुडुवा गाउँपालिकाका वडा नं. ५ र ६ का २५ र ३५ वर्षीया महिला पनि कोरोना पुष्टि भएको छ । भने, वडा नं. २ का २३ वर्षीय पुरुषमा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।
भेरी अस्पतालको पीसीआर ल्यावमा गरिएको परीक्षणमा सल्यानका एकजना गरि सोमवार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Previous articleमृत्युपछि कोरोना पुष्टि भएकी महिलाको नेपाली सेनाद्वारा अन्त्यष्टि
Next articleअटोमेटिक मेसिन जडानपछि स्वाब परीक्षण छिटोछरितो हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here