मुख्य बजार क्षेत्र सिल गरिएपछि नेपालगन्ज सुनसान (फोटो फिचर)

बाँके, २५ साउन ।
नेपालगन्जको मुटु मानिने क्षेत्र सिल गरिएपछि सुनसान बनेको छ । आइतवार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्म नेपालगन्जको सुर्खेतरोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारवाहिनी चोक हुँदै बाँकेगाउँ, पिपलचौतारा, रिङरोड, फुल्टेक्रा, आर्मी ब्यारेक, नहरपुर्वा चोकसम्म र नहरपुर्वा चोकबाट बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला सिल गरिएपछि सर्वसाधारण बाहिर निस्कन पाएका छैनन् ।


कोरोना प्रभावित क्षेत्रको पहिचान गरि प्रशासनले आज आइतवारदेखि लागू हुने गरि मुख्य क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलृ बताए । सिल गरिएको क्षेत्रको अवस्थाका बारेमा विहानै अनुगमन गरेको बताउँदै उनले सामान्य आउजाउ समेत गर्न नदिएको बताए । सिल गरिएको क्षेत्रमा प्रवेश गर्न नदिन सुरक्षाकर्मीले काँडेतार समेत लगाएको छ । ‘अतिभन्दा अति आवश्यक काम बाहेक आउजाउ गर्न दिइएको छैन,’ उनले भने ।
निषेधाज्ञासँगै चार किल्ला सिल गरिएको नेपालगन्जमा सेना परिचालन गरिएको छ । सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीले सिल गरेको क्षेत्रमा सुरक्षा दिइरहेका छन् । सिल गरिएको क्षेत्रका औषधि पसल समेत बन्द गरिएका छन् । औषधि ब्यवसायी संघ, भेरीले जिल्ला प्रशासन कार्यालयको आग्रहमा सिल गरिएको क्षेत्रका औषधि पसल बन्द गर्ने निर्णय गरेको जनाएको छ ।


सिल गरिएको क्षेत्रमा दुध, पानी बोक्ने र ओसार्ने सवारी साधन समेत संचालन गर्न दिइएको छैन । ‘निषेधाज्ञालाई निषेधाज्ञा जस्तो बनाउन सवै सुरक्षा संयन्त्रण परिचालन गरिएको छ,’ प्रजिअ कुरुम्बाङले भने ।

Previous articleप्रदेश सांसद नमुनालाई कोरोना संक्रमण
Next articleरिपोर्टर डायरीः ‘सम्झिदा अहिले पनि आङ्ग सिरिङ्ग हुन्छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here