बाँकेमा शनिवार थपिए २० कोरोना संक्रमित

बाँके, २४ साउन ।
बाँकेमा शनिवार थप २० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगन्जको पिसिआर ल्यावमा गरिएको स्वाब परीक्षणमा बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो । ति मध्ये १६ जना नेपालगन्ज र चार जना कोहलपुरका रहेको भेरी अस्पतालले जनाएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ का तीन र वडा नं. ५ का एकजना रहेका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका दुई जनामा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ ।

Previous articleनेपालगन्जको मुख्य क्षेत्र सिल
Next articleभेरी अस्पतालको प्रसुती वार्ड सिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here