प्रदेश सांसद नमुनालाई कोरोना संक्रमण

बाँके, २४ साउन ।
प्रदेश नं. ५ का सांसद कृष्णा केसी (नमुना) लाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पिसिआर ल्यावमा भएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।
उनले आफ्नो फेसबुक वालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पारेकी छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पनि अछुतो रहन सकिन । ‘पिसिआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले म सँग एक हप्ता यता नजिकमा रहनु भएका सवैले सेल्फ आइसुलेट तथा पिसिआर जाँच गराउन आग्रह गर्दछु,’ उनले भनेकी छन् ।
उपसचिवलाई पनि कोरोना पुष्टि
नेपालगन्जमा एक सरकारी कार्यालयका उपसचिवलाई पनि कोरोना पुष्टि भएको छ । नेपालगन्जमा कोरोना संक्रमण हुने उनी उच्च तहका पहिलो कर्मचारी हुन् । जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवलाई कोरोना पुष्टि भएको भेरी अस्पतालको कोरोना रिपोर्टमा उल्लेख छ ।
शनिबार कोरोना पुष्टि भएका नेपालगन्जका १६ जनामा ११ जना क्वारेन्टाइनका हुन् । भने, पाँच जना शंका लागेर जँचाएका ब्यक्ति हुन् । चार जना कोहलपुरका छन ्।

Previous articleभेरी अस्पतालको प्रसुती वार्ड सिल
Next articleमुख्य बजार क्षेत्र सिल गरिएपछि नेपालगन्ज सुनसान (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here