नेपालगन्जको मुख्य क्षेत्र सिल

बाँके, २३ साउन ।
धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि नेपालगन्जको मुख्य क्षेत्र सिल गरिएको छ । शनिवारसम्म जारी गरिएको निषेधाज्ञा मंगलवार रातिसम्म बढाइएको छ । कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय मंगलवार रातिसम्म बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘कोरोना संक्रमणको दर घटाउन निषेधाज्ञा लम्ब्याउनुको विकल्प भएन,’ उनले भने ।
तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रशासनले नेपालगन्जका प्रमुख ठाउँलाई सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्ती जारी गरि सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्रलाई सिल गरेको जनाएका छन् ।
सुर्खेतरोडलाई बाहिर पार्ने गरि पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला क्षेत्र २४ साउन रातिदेखि लागू हुनेगरि सिल गरिएको प्रशासनले जनाएको छ । ‘प्रशासनले गरेको निर्णयको बर्खिलाप गर्ने, अवहेलना गर्ने वा कामकाजमा बाधा पु¥याउने ब्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने छ,’ सहायक सिडिओ उपाध्यायद्वारा जारी सूचनामा उल्लेख छ ।
यसैवीच, बाँकेमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा शुक्रवार थप ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
शुक्रवार ४ बजेसम्म तीन सय १२ जनाको स्वाब परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । ति मध्ये बाँकेका ४९ जना रहेको उनको भनाई छ ।
शुक्रवार फेला परेका संक्रमित मध्ये अधिकांश नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा रहेको बताइएको छ । अधिकांश क्वारेन्टाइनमा रहेका हुन्, तर नेपालगन्ज बजारका केहिमा पनि कोरोना पुष् िभएको उनले स्पष्ट पारे ।

Previous articleतीन दिन लम्बियो निषेधाज्ञा, बाँकेमा थपिए ४९ संक्रमित
Next articleबाँकेमा शनिवार थपिए २० कोरोना संक्रमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here