एक डाक्टरसहित एकैदिन बाँकेका २८ जनामा कोरोना पुष्टि

बाँके, २२ साउन ।
बाँकेमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँँकेले जनाएको छ ।
संक्रमित मध्ये नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत एक चिकित्सकमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
विहीवार फेला परेका मध्ये १६ जना पुरुष र १२ जना महिला छन् । यी मध्ये २५ जना नेपालगन्ज र तीन जना खजुरा गाउँपालिकाका रहेको श्रेष्ठले जानकारी दिए ।
यस्तै, बर्दियाका १४ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले बिहीवार जारी गरेको सूचना अनुसार पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमूना परीक्षण गर्दा बाँके र बर्दियाका गरि ४२ जनामा कोरोना देखिएको छ ।

Previous articleसाउन १२ यता बाँकेका सात वटा सरकारी कार्यालय सिल
Next articleनिषेधाज्ञा उलंघन गरि पसल खोल्ने २५ जना क्वारेन्टाइनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here