कारागार र वडा प्रहरी कार्यालयका १३ जनामा कोरोना, दुवै कार्यालय सिल

बाँके, २० साउन ।
बाँकेका सरकारी कार्यालयका कर्मचारीमा धमाधम कोरोना देखिन थालेको छ । यातायात ब्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बाँके जिल्ला अदालत पछि मंगलवार वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा कारागार कार्यालय, बाँकेका सात र वडा प्रहरी कार्यालय, नेपालगन्जका ६ जना प्रहरी गरि १३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । फेला परेका संक्रमितको स्वाब कारागार कार्यालयमा लिइएको थियो ।
तीन दिनअघि कारागारका जेलर, थुनुवा गरि २५ र वडा प्रहरी कार्यालयका सात जनाको स्वाब स्वाब लिइएको थियो । भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणमा मंगलबार कैदी र प्रहरी सहित १४ जना संक्रमित बढेका हुन् । ति मध्ये एक जना लमही दाङका हुन् ।
केही दिनअघि एकजना कैदी र प्रहरीलाई कोरोना देखिएकोमा उनीहरु निको भएर गइसकेका छन् । पुनः गरिएको परीक्षणमा कारागारका सात जना कैदीमा कोरोना देखिएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।
प्रहरीमा कोरोना देखिएपछि वडा प्रहरी कार्यालय सिल गरिएको छ । भित्र रहेका प्रहरीलाई बाहिर आउन दिइएको छैन भने सर्वसाधारणलाई भित्र प्रवेशमा रोक लगाइएको छ ।
मंगलवार फेला परेका संक्रमित ३१ बर्षदेखि ४० बर्ष उमेर समूहका भएको अस्पतालले जनाएको छ । ति मध्ये दुई महिला ११ पुरुष हुन् । संक्रमित फेला परेपछि कारागार कार्यालय पनि सिल गरि भेटघाट बन्द गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरि, इलाका प्रहरी कार्यालय, कोहलपुर पनि सिल गरिएको छ । एक जना कैदीमा कोरोना पुष्टि भएपछि शील गरि उक्त कार्यालयमा कार्यरत प्रहरीलाई भित्र राखेर बाहिर ड्यूटी गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए ।

Previous articleबाँकेमा २४ साउनसम्म निषेधाज्ञा
Next articleबाँकेमा स्वाब संकलन गर्ने भिटिएम अभाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here