रक्षाबन्धनमा कोरोनाको असर, बागेश्वरी मन्दीरमा देखिएन रौनक (फोटो फिचर)

बाँके, १९ साउन ।
लकडाउनका कारण यस बर्षको रक्षाबन्धन (जनै पूर्णिमा) को अवसरमा नेपालगन्जस्थित बागेश्वरी मन्दीर सुनसान देखिएको छ । नव यज्ञोपवित एवम् रक्षाबन्धन धारणका लागि सर्वसाधारण फाटुफुट आएको बागेश्वरी मन्दीरका मुल महन्थ चन्द्रनाथ योगीले बताए ।
बागेश्वरीको मुल ढोका तथा जुंगे महादेवको मन्दीरमा जाने मुलद्वार बन्द भएकोले श्रद्धालु भक्तजनहरु नव यज्ञोपवित तथा रक्षाबन्धनका लागि नआएको उनले बताए । अघिल्लो बर्षको तुलनामा यसबर्षको रक्षा बन्धनमा १० प्रतिशत सर्वसाधारण नवयज्ञोपवित र रक्षाबन्धनका लागि आएको उनले बताए ।
समुदाय स्तरमा कोरोना फैलिए पछि बाँके प्रशासनले आइतबारबाट लागू हुनेगरि लकडाउन गरेका कारण पनि भक्तजनको संख्या घटेको उनले अनुमान लगाए । प्रशासनले रक्षाबन्धनका त्योसँग सम्बन्धित पसल खोल्न र किनबेचका लागि छुट दिएपछि बागेश्वरी मन्दीर परिसरका पसल खुलेका छन् । तर, ति पसल पनि प्रायः सुनसान छन् । बागेश्वरी मन्दीर ब्यवस्थापन समितिले मन्दीरको मुल ढोका नखोल्दा भक्तजनहरु मुल ढोकाबाट नै बागेश्वरी माता तथा जुंगे महादेवको पूजा गरि फर्किएको उनले बताए ।

Previous articleनेपालगन्जका वडा अध्यक्षसहित दुई जनामा कोरोना
Next articleथप ११ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here