नेपालगन्जका वडा अध्यक्षसहित दुई जनामा कोरोना

बाँके, १९ साउन ।
नेपालगन्ज उपमहानगरपालिकाका वडाअध्यक्षमा पनि कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा नेपालगन्जका एक वडा अध्यक्षमा पनि कोरोना पुष्टि भएको हो । वडाअध्यक्षसहित उपमहानगरपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारीलाई पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । नेपालगन्ज उमहानगरपालिका १ धम्वोझीका ४७ बर्षिय वडाअध्यक्षमा ज्वरो, रुखाखोकी, श्वासप्रश्वास सम्वन्धि लक्षण देखिएको छ ।
अर्का ५९ बर्षका कर्मचारीमा भने लक्षण नदेखिएको फोकल पर्सन श्रेष्ठले बताए । दुवै जनालाई खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । पछिल्लो २४ घण्टामा १९५ जनाको पिसिआर परीक्षण गर्दा नौँ जनामा कोरोना देखिएको उनले बताए । नयाँ संक्रमित दुई जना बाहेक अरु रुकुमका भएको भेरी अस्पतालले जनाएको छ ।

Previous articleआहा ! प्राकृतिक सम्पदाको छटा मनमोहक दाङको ‘पुरन्धारा झरना’ (फोटो फिचर)
Next articleरक्षाबन्धनमा कोरोनाको असर, बागेश्वरी मन्दीरमा देखिएन रौनक (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here