नेपाली सेनाका चिकित्सकसहित चार र अदालतका पाँच जनामा कोरोना

बाँके, १८ साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका–२०, इमामनगरस्थित नेपाली सेनाको अस्पतालमा कार्यरत चिकित्सकमा पनि कोरोना देखिएको छ । उनीसँगै सोही अस्पतालमा कार्यरत अन्य तीन जनामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । नेपाली सेनाको फिल्ड एरिया, दाङमा कार्यरत ३५ बर्षिय पुरुषमा पनि कोरोना देखिएको श्रेष्ठले बताए ।
नेपाली सेनाको अस्पतालमा लिइएको स्वाब परीक्षण गर्दा नेपालगन्ज उपमहानगरपालिका–२० का ३३ बर्षिय पुरुष र गुलरिया नगरपालिका–५, बर्दियाका २३ बर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । ति दुवै जना नेपाली सेना हुन् ।
त्यस्तै, जिल्ला अदालत बाँकेबाट संकलित नमुनामा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका–६ का ४० बर्षीय पुरुष, नेपालगन्ज–७ का ५५ बर्षिय पुरुष, नेपालगन्ज–१८ का ४६ बर्षका पुरुष, खजुरा गाउँपालिकाका २२ बर्षीय पुरुष र भेरी नगरपालिका–३, सुर्खेतका पुरुषमा पनि कोरोना देखिएको श्रेष्ठले बताए । यसअघि बाँके जिल्ला अदालतका एक कर्मचारी र उनका नातेदारमा कोरोना पुष्टि भइसकेको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा टीकापुर नगरपालिका, कैलालीका ३२ बर्षिय चिकित्सकमा पनि कोरोना भाइरस पुष्टि भएको छ । भने टीकापुर नगरपालिकाका २६ बर्षिय पुरुष र खजुरा गाउँपालिका–६ का ३७ बर्षिय पुरुषमा कोरोना देखिएको श्रेष्ठले जानकारी दिए ।

Previous articleआजबाट मंगलवार रातिसम्म बाँकेमा लकडाउन
Next articleलकडाउनको पहिलो दिन यस्तो देखियो नेपालगन्ज (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here