आजबाट मंगलवार रातिसम्म बाँकेमा लकडाउन

बाँके, १८ साउन ।
बाँकेमा आज आइतवारबाट लकडाउन शुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँके प्रशासनले शनिवार मध्य रातबाट लागू हुनेगरि तीन दिनका लागि पुनः लकडाउन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिवार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्म लकडाउन लागू हुने उनले बताए । त्यसपछिको परिस्थिति हेरेर लकडाउनको अवधि थप, घट गरिने उनको भनाई छ ।
शनिवार राति लागू हुने लकडाउन पहिलेको भन्दा कडा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । łशनिवार रातिदेखि लागू हुने लकडाउन पहिलेको भन्दा एकदम कडा हुनेछ । लकडाउनको उलंघन गर्नेलाई कानुनले तोके बमोजिम कडा कारवाही हुन्छ,’ उनले भने ।
लकडाउनमा के के खुल्न पाउँछन् ?
शनिवार राति १२ बजेबाट मंगलबार राति १२ बजेसम्मका लागि जारी गरिएको लकडाउनका बेला अत्यावश्यक सेवा संचालनमा ल्याउन पाइने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । łलकडाउनको समयमा अत्यावश्यक सेवा बाहेक अन्य कुनै पनि सेवा संचालनमा ल्याउन पाइने छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको सूचनामा भनिएको छ ।
पुनः जारी गरिएको लकडाउन अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध तथा दुग्धजन्य पदार्थ, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा संचालन गर्न पाइने उपाध्यायले बताए ।
त्यसैगरि, एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कुटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबहाक गाडी र सवारी अनुमती (पास) भएका गाडी मात्र संचालनमा आउन पाउने छन् ।
१९ साउनमा पर्न गएको रक्षा बन्धन (जनैपूर्णिमा) का दिन निजी सवारी साधन र रक्षाबन्धनसँग सम्बन्धित पसल संचालन गर्न सकिने प्रशासनले जनाएको छ । रक्षा बन्धनको अवसरमा भीडभाड नगर्न, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध समेत गरेको छ ।
भीडभाड र सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको नपाइए कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।

Previous articleकरेन्ट लागेर ट्यांकर सहचालकको मृत्यू
Next articleनेपाली सेनाका चिकित्सकसहित चार र अदालतका पाँच जनामा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here