ठूलो परिमाणमा अवैध कपडा बरामद

इलाका प्रहरी कार्यालय, जमुनहाले बरामद गरेको कपडा । फोटोः जिप्रका, बाँके ।

बाँके, १७ साउन ।
बाँके प्रहरीले ठूलो परिमाणको अबैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, जमुनहाको टोलीले नेपालगन्ज उपमहानगरपालिका–जमुनहा गाउँबाट ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरी टोली भारतबाट ल्याउँदै गरेको कपडा शनिवार विहान करिव १ः३० बजेतिर बरामद गरेको बाँकेका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए । उनले पाँच सय पिस कुर्ता, एक सय पिस टी–शर्ट र दुई सय पिस कुर्ता–सुरुवाल बरामद भएको बताए ।
प्रहरीलाई देखेपछि ओसार पसारमा संलग्न ब्यक्ति फरार भएको बताउँदै उनले बरामद भएको कपडा नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

Previous articleखजुराका पाँच कोरोना संक्रमित घर फर्किदै, तीनसय ८६ जनाले जिते कोरोना
Next articleकोरोना रोकथाममा नरैनापुरको रु. एक करोड ४१ लाख खर्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here