
बाँके, १७ साउन ।
बाँकेका थप पाँच जनाले कोरोना जितेका छन् । उनीहरु आज शनिवार निको भएर घर फर्किन लागेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले शनिवार खजुरा गाउँपालिका वडा नं. ३ र ६ का दुई–दुई जना तथा वडा नं. ४ का एक जना निको भएर घर जान लागेको बताए । उनीहरु खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचाररत छन् ।
बाँकेमा हालसम्म चार सय ३७ जना कोरोना संक्रमित फेला परेकोमा तीन सय ८६ जना डिस्चार्ज भएर घर फर्किएको उनले बताए । उनले नरैनापुर, डुडुवा, बैजनाथ र जानकी गाउँपालिका कोरोना मुक्त भइसकेको बताए । बाँकेमा दुई जनाको मृत्यू भइसकेको छ ।