चार ग्राम ब्राउनसुगर सहित एक जना पक्राउ

बाँके, १६ साउन ।
बाँके प्रहरीले चार ग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उप–महानगरपालिका–१३, गौरीपुर्वास्थित लागूऔषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँके र लागूऔषध नियन्त्रण ब्यूरो, नेपालगन्जको संयुक्त टोलीले चार ग्राम ब्राउनसुगर सहित सोही ठाउँका २८ बर्षिय छोटु लोनियालाई पक्राउ गरेको हो ।
प्लाष्टिकको चार वटा पुडिया बनाई राखेको चार ग्राम ब्राउनसुगर जस्तो धुलो देखिने पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए ।
यसैगरि, बाँके प्रहरीले अवैध कपडा बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ एवीसी स्कुल नजिकबाट १९ थान काचो कपडा र १४ पोका सरवाल, कुर्ताको कपडा नियन्त्रणमा लिएको उनले बताए । अस्थायी प्रहरी पोष्ट, बसपार्कको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कपडासहित दुई थान मोटरसाइकल पनि नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Previous articleकोरोना भित्रिन नदिन उपमहानगर कार्यालय प्रवेशमा कडाई
Next articleथारु समुदायमा सिमित ढिक्रीः गाउँदेखि सहरसम्म किन बढ्दै छ माग ? (फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here