आन्तरिक राजस्व कार्यालयका ११ कर्मचारीसहित २७ जनामा कोरोना संक्रमण

बाँके, १५ साउन ।
आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा आन्तरिक राजश्व कार्यालयका ११ जना कर्मचारीसहित २७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनले आन्तरिक राजस्व कार्यालयका ५४ जना कर्मचारीको स्वाब संकलन गरिएको थियो ।
श्रेष्ठले दिएको जानकारी अनुसार, संक्रमित ११ जनामध्ये राप्तीसोनारी गाउँपालिका–६ बाँकेका एक, भेरीगंगा नगरपालिका–४, सुर्खेतका दुई, खलङ्गा–४ प्यूठानका एक, मधुवन नगरपालिका–८, बर्दियाका एक, छत्रदेव–७, अर्घाखाँचीका एक, नेपालगन्ज उपमहानगरपालिकाका एक, भीमदत्त नगरपालिका–४, कञ्चनपुरका एक, पर्सा–१ सर्लाहीका एक, नेपालगन्ज–९, बाँकेका एक र नेपालगन्ज उपमहानगरपालिका–१० का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहीवार सार्वजनिक भएको पिसिआर रिपोर्ट अनुसार, नेपालगन्जका थप १६ जनामा पनि कोरोना पुष्टि भएको छ । ति मध्ये नेपालगन्ज उपमहानगरपालिका–११ का १३ जना छन् । भने, वडा नं. १०, १३ र १९ का एक–एक जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरि, बर्दियाका थप सात र दाङका दुई जनामा पनि कोरोना देखिएको छ । ति मध्ये ठाकुरबाबा नगरपालिकाका, बर्दियाका पाँच र गेरुवा गाउँपालिकाका दुई जना छन् । दाङको राप्ती गाउँपालिका–२ र गढवा गाउँपालिका–४ का एक–एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Previous articleलागूऔषधको दलदलबाट निस्केर ‘उत्तम छोरा’ बनेका ‘उत्तम’ (फिचर)
Next articleबाँकेमा पुनः लकडाउन, शनिवार मध्य रातदेखि लागू हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here