बाँके, १४ साउन ।
बाँकेमा थप ६ जनाले कोरोना जितेका छन् । कोरोना जितेकाहरु बुधवार घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, नेपालगन्जस्थित आदर्शनगर आइसोलेशन केन्द्रबाट खजुराका चार र नेपालगञ्ज उपमहानगरपालिकाका एक पुरुष गरि पाँच जना तथा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट खजुराकी एक महिला गरि ६ जना निको भएर घर फर्किका छन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या ३ सय ७९ पुगेको छ । भने, २६ जना कोरोना संक्रमित आइसोलेशनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यू भएको छ ।