बाँके, १३ साउन ।
बाँके प्रहरीले राजस्व छलेर चोरी पैठारी गरि अवैध नाकाबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–२, बेतहनीका सीयाराम केवटलाई तीन बोरा सुपरपावर सुर्तीसहित पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभाष खड्काले बताए । उनलाई १८ हजार रुपैँया मूल्य पर्ने सुर्तिसहित सोमवार राती अमृतपुर्वाबाट पक्राउ गरेको खड्काले बताए ।
त्यसैगरि, एक बोरा कमला पसन्द गुट्कासहित नेपालगञ्ज उपमहानगरपालिका–९ का सलमान दर्जीलाई पक्राउ गरिएको उनले बताए । सोमवार बेलुकी नेपालगञ्ज उपमहानगरपालिका–८ बाट पाँच हजार मूल्य बराबरको गुटकासहित पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको बाँकेका डिएसपी खडकाले जानकारी दिए ।