सोमवारदेखि नेपालमा पुनः मौसम सक्रिय हुने

काठमाडौं, ११ साउन ।
सोमवारदेखि नेपालमा पुनः मौसम सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षा गराउने मनसुन न्यूनचापीय रेखा तराई भू–भाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
यसवर्ष नेपालमा गत ३० जेठ रातिबाट मनसुन सक्रिय भएको थियो । आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी बर्षाको सम्भावनासँगै मौसमविदले सजग रहन र सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् । मनसुन सुरु भएदेखि नेपालमा बाढी, पहिरो र चट्याङका कारण एक ४१ जनाको मृत्यु भइसकेको छ ।

Previous articleमजदुर महिलामा कोरोना संक्रमण
Next articleबञ्चरो प्रहार गरि पतिको हत्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here