राप्तीसोनारीका दुई जनाले जिते कोरोना

फाइल फोटो

बाँके, १० साउन ।
बाँकेमा फेला परेका संक्रमित मध्ये दुई जना निको भएर शनिवार घर फर्किदै छन् । राप्तीसोनारी गाउँपालिका–७ का ३४ र ३२ बर्षिय पुरुष निको भएर घर फर्किन लागेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
२७ असारमा नेपालगन्जस्थित आदर्शनगर आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभ गरिरहेका उनीहरु शनिवार घर फर्किन लागेको उनले बताए । यो सँगै बाँकेमा निको भएर घर फर्किनेको संख्या तीन सय ७२ पुगेको छ । कुल चार सय संक्रमित मध्ये अव बाँकेका विभिन्न आइसोलेशनमा २६ जनाले स्वास्थ्य लाभ गरिरहेको उनले बताए । बाँकेमा कोरोनाका कारण दुई जनाको मृत्यू भएको छ ।

Previous articleराखेप सदस्य सचिवमा फेरि पनि सिलवाल आउने सम्भावना
Next articleसमस्यामा परेका खेलाडीलाई राहत प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here