नेपालगन्जका दुई र बर्दिया तथा दाङका एक–एक जनामा कोरोना

बाँके, ९ साउन ।
बाँकेमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा नेपालगञ्जका दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या तीन सय ९८ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११ का ४० बर्षिय पुरुष र १२ नं. वडाका १८ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बाँकेमा तीन सय ७० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म तीन वटा गाउँपालिका कोरोना मुक्त भइसकेका छन् ।
त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–१ का २५ बर्षिय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४० बर्षिय पुरुषमा पनि कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा दुई सय ४० नमुना परीक्षण गर्दा चार जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

Previous articleअख्तियारको टोलीलाई अनुसन्धानमा सघाउन भेरी अस्पताल तयार
Next articleबाँकेमा समुदायस्तरमै पुग्यो कोरोना, नेपालगन्ज र कोहलपुरका दुई–दुई जनामा संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here