भेरी अस्पताल विकास समितिले स्रोत नखुलेको १६ लाख १३ हजार ९२५ रुपैँया सहित पक्राउ परेका कम्प्यूटर सहायक अरुणराज खनालका बारेमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सवै किसिमको सहयोग गर्न तयार रहेको जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले शुक्रवार प्रेस विज्ञप्ती जारी गरि कम्प्यूटर सहायक खनाललाई अख्तियारको टोलीले स्रोत नखुलेको रकम सहित पक्राउ गरेको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै सत्य, तथ्य छानविन गर्न अख्तियारको टोलीलाई सघाउने जनाएका हुन् । ‘अस्पताल जस्तो विशुद्ध मानविय सेवामा चौविसै घण्टा लाग्नु पर्ने कार्यालयमा आर्थिक चलखेल भए नभएको के हो ? भन्ने विषयको गहिराईसम्म पुग्न छानविनमा आवश्यक पर्ने सम्पूर्ण खालको सहयोग पु¥याउन अस्पताल विकास समिति तयार रहेको ब्यहोरा सम्पूर्ण सवै सरोकारवाला सवैमा जानकारी गराउँदछु,’ अध्यक्ष धितालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
