बाँके, ८ साउन ।
बाँके प्रहरीले ६५ सीसी कोरेक्स सहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार १२ः४५ बजेको समयमा डुडुवा गाउँपालिका–१, पाजाबाट कोरेक्ससहित दुई जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।
भारतबाट आउँदै गरेका दुई जनाले बोरोमा राखेर ल्याउँदै गरेको सूचनाको आधारमा खानतलासी गर्दा डुडुवा गाउँपालिका–१ का ३० बर्षिय आशिष अहिर र सोही ठाउँका २७ बर्षिय राजकुमार यादवको साथबाट कोरेक्स बरामद भएको उनले बताए । ‘खानतलासी गर्दा उनीहरुले बोकेको बोरामा ६५ सीसी कोरेक्स फेला पा¥यौँ,’ उनले भने ।
पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।