संक्रमित नभएपछि बाँकेका १० वटा आइसोलेशन खाली

बाँके, ४ साउन ।
बाँकेको आइसोलेशन खाली हुँदै गएका छन् । आइसोलेशनमा रहेका तीन सय ८३ जना संक्रमित मध्ये तीन सय ६६ जना निको भएर घर फर्किएपछि बाँकेका आइसोलेशन खाली भएका छन् । दुई वटा आइसोलेशन सेन्टरमा तीन महिला र १२ पुरुष गरि १५ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका कोरोना मुक्त भएका छन् । ती गाउँपालिकाका सवै संक्रमित निको भएर घर फर्किएपछि कोरोना मुक्त भएको श्रेष्ठले बताए ।
उनले बाँकेका ८ वटा गाउँपालिकामा रहेका १२ वटा आइसोलेशन सेन्टर मध्ये १० वटा खाली भएपछि बन्द गरिएको छ । त्यसैगरि, यहाँका एक सय ८ वटा क्वारेन्टाइन पनि बन्द भएका छन् । भारत लगायत अन्य देशबाट आउनेको संख्या घटेपछि यहाँका क्वारेन्टाइन बन्द भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।
बाँकेमा कोरोना संक्रमित एक पुरुष र एक महिला गरि दुई जनाको मृत्यु भएको छ । दुवै जनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

Previous articleआँट, संघर्ष र धैर्यताले राजनीतिमा सफल मोहम्मदीको अन्तर कथा
Next articleएथ्लेटिक्स प्रशिक्षक राईको उपचारका लागि ५७ हजार रुपैँया हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here