भेरी अस्पताल परिसरको सरसफाई (फोटो फिचर)

फोटो सौजन्यः भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल ।

बाँके, ४ असार ।
भेरी अस्पतालका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले अस्पताल परिसरको सरसफाई गरेका छन् । अस्पताल परिसरलाई सफा र सुन्दर बनाउन सफाई कार्यक्रम गरिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
उनले अस्पताल परिसरमा यत्रतत्र छरिएर रहेका प्लाष्टिकजन्य बस्तुका साथै अस्पतालमा आएका सेवाग्राहीले फालेका कागज तथा अन्य फोहर संकलन गरि ब्यवस्थापन गरिएको बताए । उनले अस्पताल परिसरको नियमित रुपमा सरसफाई गरिने बताउँदै अस्पताललाई सफा र सुग्घर बनाउने अभियान थालिएको बताए । डा. थापा यसअघि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएको बेला पनि साप्ताहिक सरसफाई अभियान सुरु गरेका थिए ।

Previous articleएथ्लेटिक्स प्रशिक्षक राईको उपचारका लागि ५७ हजार रुपैँया हस्तान्तरण
Next articleएक बर्ष सजाय हुने मुद्दा बाँके निकुञ्जमा थन्किए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here