एथ्लेटिक्स प्रशिक्षक राईको उपचारका लागि ५७ हजार रुपैँया हस्तान्तरण

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द र लेखा अधिकृत मिनबहादुर जिसीलाई रकम हस्तान्तरण गर्दै बाँके जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष विक्रमजङ थापा र मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ ।

बाँके, ४ साउन ।
सल्यान जिल्ला खेलकुद विकास समितिमा कार्यरत सहायक एथ्लेटिक्स प्रशिक्षक रविन राईको स्वास्थ्य उपचारका लागि खेलाडी र कर्मचारीले ५७ हजार रुपैँया संकलन गरि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरेका छन् ।
बाँके जिल्ला एथ्लेटिक्स संघको अगुवाईमा संकलन गरिएको रकम संघका अध्यक्ष विक्रमजङ थापा र मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द र लेखा अधिकृत मिनबहादुर जिसीलाई हस्तान्तरण गरेको समितिका निवर्तमान निर्देशक जयन्त शर्माले जानकारी दिए ।
काठ्माडौँस्थित न्यूरो अस्पतालमा ब्रेन ट्यूमरको उपचार हुन नसकेपछि उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकोेले उपचारमा समस्या देखिएपछि खेलाडी र कर्मचारीले आ–आफ्नो तर्फबाट रकम दिएको संघका अध्यक्ष विक्रमजङ थापाले बताए ।
उनले बाँके जिल्ला एथ्लेटिक्स संघमा आवद्ध सदस्य तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीबाट रकम संकलन गरिएको बताए । संघको तर्फबाट हस्तान्तरण भएको रकम उपचाररत राईलाई प्रदान गरिने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्दले बताए ।

Previous articleसंक्रमित नभएपछि बाँकेका १० वटा आइसोलेशन खाली
Next articleभेरी अस्पताल परिसरको सरसफाई (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here