बाँके, २ साउन ।
नेपालगन्ज रंगशालाको शुक्रवार विहान सरसफाई गरिएको छ । रंगशाला परिसरमा पलाएको झाडी फाँडिएको छ भने यत्रतत्र छरिएर रहेका प्लाष्टिकजन्य तथा अन्य फोहर ब्यवस्थापन गरिएको मध्यपश्चिमाञ्च क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए ।
उनले रंगशाला परिसरलाई सफा, सुन्दर बनाई राख्न क्षेत्र र जिल्ला खेलकुद विकास समितिका कर्मचारी र प्रशिक्षकको सहभागितामा सरसफाई गरिएको बताए । लामो समयदेखि सफाई हुन नसकेको रंगशाला परिसरलाई कर्मचारी, प्रशिक्षक र कर्मचारी संगठनका पदाधिकारीको सक्रियतामा सफा गरिएको उनको भनाई छ । ‘रंगशालालाई सुन्दर र सफा राखेपछि मात्र यसको महत्व बढ्छ भन्ने हाम्रो मान्यता हो,’ प्रमुख चन्दले भने ।

लकडाउन सुरु भएदेखि रंगशाला बन्द छ । रंगशाला बन्द भएदेखि सफाई नहुँदा झाडी बढेर रंगशालाको सुन्दरतामा असर परेपछि सफाई अभियान थालिएको लेखा अधिकृत मिनबहादुर जिसीले बताए ।




