विद्यालयमा अखिल क्रान्तिकारीको कालो ब्यानर

बाँके, २९ असार ।
बाँकेका निजी तथा सामुदायिक विद्यालयमा अखित क्रान्तिकारीले कालो ब्यानर टाँगेको छ । अनलाइन शिक्षाका नाममा निजी तथा सामुदायिक विद्यालयले चर्को शुल्क असुलेको भन्दै अखिल क्रान्तिकारीले एक सामुदायिक विद्यालयसहित आठ वटा विद्यालयमा कालो झण्डा टाँगेको हो ।
सरकारले अनलाइन शिक्षा प्रदान गरे वापत कुनै पनि शुल्क नलिन विद्यालयलाई परिपत्र गरे पनि बाँकेमा संचालित ठूला निजी विद्यालयले समेत सरकारी निर्णयलाई लत्याएको भन्दै अखिल क्रान्तिकारीले विरोध स्वरुप कालो विद्यालयको गेटमा कालो ब्यानर राखेको विद्यार्थी नेता डिवी शाहीले बताए । ‘लकडाउनको मौका छोपेर बाँकेमा संचालित निजी तथा सामुदायिक विद्यालयहरु कमाउ धन्दामा लागेकोले विरोध स्वरुप कालो ब्यानर टाँगेका छौँ,’ उनले भने ।
अनलाइन शिक्षाको नाममा शुक्क उठाउने कोहलपुरको त्रिभुवन नमुना मावि, युनाइटेड एकेडेमी बोर्डिङ स्कुल, हिमालय विद्या निकेतन, वेष्टर्न एकेडेमी, वागेश्वरी एकेडेमी, आदर्श बोर्डिङ स्कुल, कोहलपुर वागेश्वरी बोर्डिङ स्कुल र एबिसी आवासिय बोर्डिङ स्कुलमा कालो ब्यानर टाँगेको उनले बताए ।
उनले चेतावनी स्वरुप पहिलो चरणमा कालो ब्यानर टाँसेको बताउँदै गल्ती नसच्याए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले लकडाउनका बेला विद्यार्थी तथा अभिभावकबाट लिएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।
लकडाउनभर कुनै पनि शुल्क लिइएको छैनः विद्यालय
अनलाइन शिक्षाका नाममा विद्यालयले चर्को शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारीले गेटमा कालो ब्यानर राखेकै बेला विभिन्न विद्यालयले त्यसको खण्डन गरेका छन् । कोहलपुरस्थित बागेश्वरी इंगलिस मिडियम स्कूलले लकडाउन अवधिमा कुनै पनि प्रकारको अनलाइन कक्षा संचालन नभएको जिकिर गरेको छ । उसले अनलाइन शिक्षाका नाममा विद्यार्थी र अभिभावकबाट कुनै पनि शुल्क नलिएको स्पष्ट पारेको छ ।
अनलाइन कक्षा संचालन गरि शुल्क लिएको भन्ने आरोपमा कुनै सत्यता छैन । चर्को शुल्क लिएको भनि दष्प्रचार गरि विद्यालयको बदनाम गराएकोमा उक्त विद्यालयले खेद ब्यक्त गरेको छ । लकडाउन अवधिभर बिद्यालयले कुनै पनि कक्षा संचालन नगरेको स्पष्ट पार्दै विद्यालयले अभिभावकसँग कुनै पनि शिर्षकमा शुल्क नलिए जनाएको छ । ‘सत्य, तथ्य नबुझी अखिल क्रान्तिकारीले अभिभावकमा भ्रम सृजना गरेकोमा उक्त संगठनको कार्य प्रति घोर भत्र्सना गर्दछौं,’ विद्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोहलपुरमा संचालित हिमालय विद्या निकेतनले पनि अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकसँग कुनै शुल्क नलिएको स्पष्ट पारेको छ । विद्यालयले विज्ञप्ती जारी गरि लकडाउन अवधिभर कुनै पनि प्रकारको अनलाइन कक्षा संचालन भएको छैन । ‘यस अवधिमा विद्यार्थी र अभिभावकसँग कुनै पनि शुल्क नलिएको स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तीमा भनिएको छ ।

Previous articleसाउन १५ बाट कक्षा संचालन गर्ने राप्तीसोनारीको तयारी
Next articleरु. ८० हजार पर्ने लागुऔषध बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here